जेनजी आन्दोलनः भिमफेदी कारागारका १ सय ८४ कैदी अझै फरार

आश्विन २७, २०८२

जेन–जी आन्दोलनको मौका छोपेर मकवावुरको भीमफेदीस्थित क्षेत्रीय कारागारको पर्खाल फोडेर भागेका ४ सय ४० कैदीबन्दीमध्ये १ सय ८४ जना अझै फरार छन् । 

भदौ २४ गते राती साढे १२ बजे कारागारबाट कैदीवन्दी फरार भएका थिए । जेलबाट फरार भएकामध्ये ३९ जना विदेशी थिए ।

 ति मध्ये १२ जना पक्राउ परेका छन भने २७ जना अझै फरार छन् । यसअघि भागेकाहरुलाई कारागार प्रशासनले फोन गरेर फर्कनका लागि असोज २० गतेसम्मको समय दिएकोमा १ सय १३ जना फर्केको कारागारका जेलर सुवास पौडेलको भनाइ छ ।

 त्यस्तै जिल्ला प्रहरी कार्यालय मकवानपुरले फरार कैदीबन्दी खोजीको क्रम जारी रहेको बताएको छ । अहिले भीमफेदी कारगारमा ९ सय ४६ जना कैदीबन्दी छन् ।


प्रतिक्रिया