दक्षिण अफ्रिकामा बस दुर्घटना हुँदा ४२ जनाको मृत्यु

आश्विन २७, २०८२ | काठमाडौं

दक्षिण अफ्रिकाको उत्तरी क्षेत्रमा बस दुर्घटना हुँदा ४२ जनाको मृत्यु भएको छ । दक्षिण अफ्रिकाबाट जिम्बाब्वेतर्फ जाँदै गरेको बस अनियन्त्रित हुँदा दुर्घटना भएको अलजजिराले जनाएको छ ।

दुर्घटनामा ज्यान गुमाउनेहरु अधिकांश मालावी जाँदै गरेका आप्रवासी कामदार रहेको समाचारमा उल्लेख छ । दुर्घटनामा घाइते भएका ३० जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

दक्षिण अफ्रिकाको सार्वजनिक प्रसारकका अनुसार मृत्यु हुनेहरुमा १८ महिला, १७ पुरुष र ७ जना बालबालिका छन् । दक्षिण अफ्रिकामा प्रतयेक वर्ष हजारौं मानिसले सडक दुर्घटनामा परि ज्यान गुमाउने गरेका छन् ।  


प्रतिक्रिया