रुकुम पश्चिममा जिप दुर्घटना हुँदा ७ जनाको मृत्यु,१० जना घाइते
कार्तिक ७, २०८२ | रुकुम पश्चिम
रुकुम पश्चिमको पश्चिम बाँफीकोट गाउँपालिका–७ लिस्नेमा जिप दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ । १० जना घाइते भएका छन् । आठविसकोट नगरपालिकाको स्यालाखदीतर्फ जाँदै गरेको जिप सडकबाट करिब ७ सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक हरिप्रसाद पुनले जानकारी दिनुभयो ।
उहाँका अनुसार मृत्यु हुनेमा आठबिसकोट नगरपालिका–२ स्यालाका ३० वर्षीया कमला वली, १६ वर्षीय टेकजंग बुढा, १५ वर्षीया दिलमाया बूढा, १७ वर्षीया मनिका वली, १८ वर्षीया शर्मिला विक, २२ वर्षीय गोपाल वली छन् । एक जनाको पहिचान खुल्न बाँकी छ । घाइतेलाई उद्धार गरी जिल्ला अस्पताल सल्ले लगिएको छ ।









