कांग्रेसका संस्थापन पक्षीय नेताहरु छुट्टै छलफलमा व्यस्त
कार्तिक १७, २०८२ | काठमाडौं
महाधिवेशनको कार्यतालिकामा सहमति जुट्न नसकेपछि कांग्रेसका संस्थापन पक्षीय नेताहरु छुट्टै छलफलमा जुटेका छन् ।
नयाँ बानेश्वरस्थित एक पार्टी प्यालेसमा जारी छलफलमा केन्द्रीय सदस्यहरूले पार्टीको आन्तरिक जीवनलाई बलियो बनाउनको लागि १५ औं महाधिवेशनको मिति तोकेर अगाडि बढ्नुपर्ने कुरामा जोड दिएका छन् ।
पार्टीको इतर पक्षले मङ्सिरभित्रै नियमित महाधिवेशन सम्पन्न गर्नुपर्ने अडान राखेका छ भने संस्थापन पक्ष निर्वाचनपछि मात्र अधिवेशन धकेल्ने पक्षमा देखिएको छ । छलफलमा तत्काल पार्टीलाई निर्वाचनको तयारीमा केन्द्रित गर्दै महाधिवेशनकोसँगै तयारी अगाडि बढाउने विषयमा भइरहेको छलफलमा सहभागी पार्टी केन्द्रीय सदस्य गुरू बरालले बताउनु भयो ।
महाधिवेशनको कार्यतालिकामा सहमति जुट्न नसक्दा पार्टीको केन्द्रीय समिति बैठक बस्न सकिरहेको छैन । अर्को बैठक भोलि दिउँसो १ बजेको लागि बोलाइएको छ ।









