सरकारले निर्वाचन गराउने पर्याप्त तयारी गरेको छैन : शंकर पोखरेल

रेडियो कान्तिपुर संवाददाता

कार्तिक १७, २०८२ | काठमाडौं

आगामी फागुन २१ मा हुने तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचन शान्तिपूर्ण र भयरहित वातावरणमा गराउने सरकारले निश्चित गरेमा निर्वाचनमा सहभागी हुने एमालेले जनाएको छ । काठमाडौंमा आज आयोजित एक कार्यंक्रममा बोल्दै एमाले महासचिव शंकर पोखरेलले निर्वाचनका लागि सरकारले गर्नुपर्ने पर्याप्त तयारी समेत नगरेको आरोप लगाउनुभयो ।

अन्तरिम सरकरको कार्यशैलीलाई लिएर असन्तुष्टि जनाउँदै आएको एमालेले आफुहरुलाई कमजोर बनाउन खोजिएको समेत बताएको छ । उहाँले बाह्य शक्ति, राजसंस्थावादी शक्ति, माओवादी केन्द्र र स्वतन्त्रका नाममा अराजकता फैलाउनेहरु एमाले र एमालेको नेतृत्वको विरूद्धमा लागेको आरोप लगाउनु भयो । 


प्रतिक्रिया