पश्चिम नवलपरासीमा बंगुरमा देखिने अफ्रिकन स्वाइन फिभर संक्रमण फेला

मंसिर ४, २०८२ | परासी

पश्चिम नवलपरासीमा बंगुरमा देखिने अफ्रिकन स्वाइन फिभरको संक्रमण फेला परेको छ । सदरमुकाम परासी हाटबजारमा बिक्रीका लागि राखिएको बंगुरको मासुमा अफ्रिकन स्वाइन फिभर भेटिएको हो ।

बजार अनुगमनको क्रममा हाट बजारमा बिक्रीका लागि राखिएको बंगुरको मासु परिक्षण गर्दा स्वाइन फिभर भेटिएको हो ।

पहिलो चरणमा जिल्लास्थित प्रयोगशालमा परिक्षण गरिएको र थप परिक्षणको लागि काठमाडौँ ल्याइएकोमा संक्रमण पुष्टि भएकोे भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र परासीका प्रमुख दीपक भुसालले जानकारी दिनुभयो ।

हाटबजारमा विक्रिका लागि राखिएको सो मासुमा संक्रमण भेटिएपछि सतर्कता अपनाउन स्थानीय प्रशासनले आग्रह गरेको छ । परासीस्थित पशु सेवा विज्ञ केन्द्रका अनुसार जिल्लामा अहिलेसम्म करिब १ सय को हाराहारीमा बंगुर मरेका छन्

। 


प्रतिक्रिया