एनपीएलमा लुम्बिनी लायन्सको विजयी सुरुवात, चितवन ६ विकेटले पराजित
मंसिर ४, २०८२ | काठमाडौं
लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा विजयी सुरुआत गरेको छ । लायन्सले आजको खेलमा चितवन राइनोजलाई ६ विकेटले पराजित ग¥यो ।
लुम्बिनीले १ सय ४३ रनको लक्ष्य ९ बल अगावै ४ विकेट गुमाएर पुरा गरेको हो । कप्तान रोहित पौडेलले गुलबदिन नैबसँग चौथो विकेटका लागि ४१ बलमा ६० रनको साझेदारी गर्दै लुम्बिनीलाई सहज जित दिलाए ।
उनले ३९ रन बनाएका थिए । सो क्रममा चितवनका रिजन ढकालले २ र सोहेल तान्बिरले १ विकेट लिए । यसअघि चितवनले निर्धारित ओभरमा ७ विकेट गुमाउँदै १ सय ४२ रनको योगफल बनाएको थियो । चितवनका लागि रवि बोपाराले ६६ रनको अर्धशतकिय इनिङ्स खेले । कप्तान कुशल मल्लले २१ रन जोडे ।









