बाटोमा लडेर बालकको मृत्यु
पुस ३, २०८२ | कालिकोट
कालिकोटको नरहरिनाथ ६ माल्कोटमा लडेर एक बालकको मृत्यु भएको छ ।
घरबाट विद्यालय जाने क्रममा नन्दादेवी मावि सेरापाटामा कक्षा ८ मा पढ्ने १४ वर्षीय बालक आयुष विश्वकर्माको लडेर मृत्यु भएको हो ।
उनको टाउको र चिउडोमा चोट लागेको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी निरिक्षक गणेश ज्ञवालीले जानकारी दिनुभयो ।








