जाँचबुझ आयोगद्वारा तीन उच्च अधिकारीको भ्रमण फुकुवा

रेडियो कान्तिपुर संवाददाता

पुस ८, २०८२ | काठमाडौं

जेनजी आन्दोलनसम्बन्धी जाँचबुझ आयोगले पूर्व गृहसचिव गोकर्णमणि दुवाडीसहित तीन जनाको स्थान हद फुकुवा गरेको छ । आयोगले भदौ २३ र २४ गतेको घटनाहरूको छानबिन तथा जाँचबुझको सिलसिलामा अनुसन्धानका लागि दुवाडीसहित पूर्व आईजीपी चन्द्र कुवेर खापुङ र काठमाडौँका पूर्व प्रमुख जिल्ला अधिकारी छविलाल रिजालमाथि समेत स्थान हद लगाएकोमा आजफुकुवा गर्ने निर्णय गरेको हो।

 उनीहरूमाथि आयोगले विदेश भ्रमण र काठमाडौँ उपत्यका छाड्न रोक लगाएको थियो । तर, आयोगले तीनै जनाको बयान सकिएको केही दिनपश्चात् विदेश भ्रमण र उपत्यका छाड्न नपाउने व्यवस्था फुकुवा गर्ने निर्णय गरेको हो। 


प्रतिक्रिया