दलहरुले उम्मेद्वारको बन्द सूची बुझाउदै
पुस १४, २०८२ | काठमाडौं
राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा, राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपासहितका दलले पनि आज समानुपातिक तर्फका उम्मेद्वारको बन्द सूची बुझाउने तयारी गरेका छन् ।
यसकालागि राप्रपाले आज केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ ।
सोही बैठकले उम्मेद्वारको चयन गर्ने प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिनुभयो ।
त्यस्तै भर्खरै एकीकृत बनेको रास्वपाले मेयर बालेन्द्र साह समूहका उम्मेद्वारको नाम समेटेर बन्द सूची बुझाउने तयारी गरेको छ ।
समानुपातिक सूचीमा साहको समूहबाट ४० जना उमेदवार रहने बताइएको छ ।
बाँकी ७० जना रास्वपातर्फका उम्मेद्वार हुने गरिको सूची तयार पारिएको रास्वपा स्रोतको भनाइ छ ।
प्रतिनिधिसभा निर्वाचनका लागि दलहरुले आज समानुपातिकतर्फ ११० जनाको नाम निर्वाचन आयोगमा बुझाइसक्नु पर्नेछ ।










