आयोगमा बन्दसूची बुझाउने समय आजसम्म
पुस १४, २०८२ | काठमाडौं
निर्वाचन आयोगले दलहरुलाई समानुपातिकतर्फको बन्दसूची आजसम्ममा पेस गर्ने समय दिएको छ ।
प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि समानुपातिकतर्फको बन्दसूची पेस गर्न दलहरुलाई हिजो र आजको समय दिइएको हो ।
केही दलले हिजै बन्दसूची बुझाए पनि अधिकांश ठूला दलले भने आज सूची बुझाउने तयारी गरेका छन् ।
बन्दसूची तयार पार्न जुटेको नेपाली कांग्रेसले आज उम्मेद्वारको सूची बुझाउने बताएको छ ।
यसकालागि कांग्रेसले आज पनि केन्द्रिय कार्यसम्पादन समितीको बैठक बोलाएको छ ।
कांग्रेसले यसअघि मौका पाएकालाई नदोहोर्याउने गरि छलफल गरिरहेको बताएको छ ।
उम्मेद्वार चयन गर्न गत बुधबारदेखि जारी कांग्रेसको बैठकमा नेताहरुको भागबण्डा मिलाउने प्रयास भइरहेको छ ।
सभापति शेरवहादुर देउवा पक्षले भने प्रारम्भिक सूची तयार पारेको जनाएको छ ।
संस्थापनइतर पक्षले सूची बुझाएलगत्तै कांग्रेसले अन्तिम सूचि तयार पार्ने जनाएको छ ।










