उत्तरद्धारा क्रुज मिसाइलको प्रक्षेपण
पुस १४, २०८२ | काठमाडौं
उत्तर कोरियाले हिजो क्रुज मिसाइलहरुको प्रक्षेपण गरेको छ । नेता किम जोङ उनले हिजो लामो दूरीका रणनीतिक क्रुज मिसाइलको प्रक्षेपणको निरीक्षण गर्नुभएको त्यहाँको राष्ट्रिय मिडिया केसीएनएले आज बताएको हो ।
सो प्रक्षेपण किमद्वारा अवलोकन गरिएको पछिल्लो ताजा घटना हो ।
सन् २०२६ को सुरुमा आयोजना हुने प्रमुख पार्टीको अधिवेशनअघि किमले देशको सैन्य र आर्थिक प्रगतिलाई महत्व दिनुभएको छ ।
सो प्रक्षेपण त्यसैको सिलसिला भएको समाचार संस्था रोयटर्सको टिप्पणी छ । क्रुज मिसाइलको कोरियाली प्रायद्वीपको पश्चिमी समुद्रमाथि गरिएको सफल परीक्षणपछि नेता किमले ठूलो सन्तुष्टि व्यक्त गरेको केसीएनएले बताएको छ ।
किमले न्यूक्लियर बम निस्तेज पार्न नियमित रूपमा जाँच गर्नु जिम्मेवार अभ्यास भएको बताउनुभएको छ ।
उहाँले उत्तर कोरियाले विभिन्न सुरक्षा खतराको सामना गरिरहेको सन्दर्भ उल्लेख गर्दै यस्तो बताउनुभएको हो ।
यता उत्तर कोरियाको क्रुज मिसाइल प्रक्षेपणपछि दक्षिण कोरियाको जोइन्ट चिफ्स अफ स्टाफले प्योङयाङ नजिकको सुनान क्षेत्रबाट धेरै क्रुज मिसाइलको प्रक्षेपण भएको पत्ता लागेको पुष्टि गरेका छन् ।










