इन्दिरा आईभिएफ नेपाल सेन्टर तेस्रो वर्षमा प्रवेश
पुस २०, २०८२ | काठमाडौं
काठमाडौको पानीपोखरीमा रहेको इन्दिरा आईभीएफ नेपाल सेन्टर तेस्रो वर्ष प्रवेश गरेको छ ।
लाजिम्पाटस्थित नेपाली चुलोमा आज आयोजित कार्यक्रममा विशिष्ट व्यक्तिहरु, चिकित्सक, साझेदारहरू तथा केन्द्रसँग सम्बन्धित परिवारहरू सहभागी थिए ।
फर्टिलिटी केयरलाई सहज पहुँचयोग्य बनाउने र बाँझोपनबारे खुला तथा जानकारीपूर्ण संवादलाई प्रोत्साहन गर्नका निम्ति संस्था स्थापना गरिएको इन्दिरा आईभिएफका निर्देशक श्रीनिवास मदाबुसीले बताउनुभयो । साथै उहाँले नेपालभर थप स्थानहरुमा सेवा विस्तार गर्ने योजना रहेको जानकारी दिनुभयो ।
सो अवसरमा बोल्दै सीईओ क्षितिज मुर्दियाले काठमाडौंमा बितेका दुई वर्ष विश्वास निर्माण गर्ने यात्राको हिस्सा भएको उल्लेख गर्दै, परिवारहरूले आफ्नो जीवनको व्यक्तिगत अध्यायमा विश्वास दिएकोमा आभार व्यक्त गर्नुभयो ।
केन्द्र प्रमुख डा. नेहा हुमागाईँले दुई वर्षमा परिवारहरूको अनुहारमा देखिएको मुस्कान नै क्लिनिकको सबैभन्दा ठूलो खुशी भएको बताउनुभयो ।
शिविर तथा परामर्शले दुई वर्षमै करिब एक हजारभन्दा बढी माझ पुगेको र ५ सयभन्दा बढी परिवारलाई अभिभावकत्वको खुशी दिलाउन सहयोग गरेको इन्दिरा आईभीएफ नेपाल सेन्टरले जनाएको छ ।









