धनकुटामा साढे तीन बर्षमा ५ सय २१ थान मुद्धा फछ्यौट
माघ ३, २०८२ | धनकुटा
धनकुटामा प्रहरीमा पछिल्ला साढे ३ बर्षमा दर्ता भएका ६ सय ७४ थान मध्ये ५ सय २१ थान मुद्धा फछ्यौट भएका छन् ।
कर्तव्य ज्यान, ज्यानमार्ने उद्योग, झुण्डीएर आत्महत्या, बालयौन दुव्र्यबहार, आत्महत्या दुरुत्साहन, बैंकिङ कसुर र अपहरण लगायतका बाँकि १ सय ५३ थान मुद्धाको सुनुवाइ भइरहेको धनकुटाका एसपी शरतकुमार थापा क्षेत्रीले जानकारी दिनुभयो ।
धनकुटा प्रहरीमा पछिल्लो साढे तीन बर्षको अबधिमा सबैभन्दा बढि आत्महत्या, लागुऔषध, भवितव्य ज्यान, अभद्र ब्यबहार र जबर्जस्ती करणीका मुद्धादर्ता भएका छन् ।आत्महत्या, बिष सेवन लगायतका घट्नामा साढे तीन बर्षको अबधिमा २ सय ६४ जनाको मृत्यू भएको थापाले जानकारी दिनुभयो ।
आर्थिक बर्ष २०७९/०८० पछिका सडक दुर्घटना, लडेर, पानीमा डुबेर, करेन्ट तथा चट््याङ लगायतका घटनामा परि ज्यान गुमाउनेको संख्या पनि ९२ पुगेको छ । यो अबधिमा आत्महत्याका कारण ज्यान गुमाउँनेको संख्या सबैभन्दा बढि १ सय ५५ छ ।










