झापा क्षेत्र नम्वर ५ बाटै प्रतिस्पर्धा गर्ने तयारीमा ओली

रेडियो कान्तिपुर संवाददाता

माघ ५, २०८२ | झापा

नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी ओली गृहजिल्ला झापा जानुभएको छ । आगामी निर्वाचनमा झापा क्षेत्र नम्वर ५ बाटै प्रतिस्पर्धा गर्ने तयारीमा रहेका ओली आज अपरान्ह झापा पुग्नुभएको हो । 

झापा पुगेपछि चन्द्रगढी विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै ओलीले चुनावी सुरक्षा अझै चित्तबुझ्दो नभएको टिप्पणी गर्नुभएको छ । झापा–५ ओलीको परम्परागत निर्वाचन क्षेत्र हो । 

उम्मेदवारी मनोनयनका लागि झापा पुगेका ओलीको स्वागतका लागि चन्द्रगढी विमानस्थलमा सयौँ मतदाता, नेता–कार्यकर्ता तथा समर्थकको उपस्थिति थियो । 


प्रतिक्रिया