विभिन्न कार्यक्रम गरि मनाइयो भूकम्प दिवस
माघ २, २०८२ | काठमाडौं
विभिन्न सचेतना मूलक कार्यक्रम गरि आज राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइएको छ । १९९० साल माघ २ गतेको महाभूकम्पको सम्झनामा २०५५ सालदेखि यो दिवस वर्षेनी मनाउँदै आइएको छ ।
भूकम्पले सिकाएको पाठ, बलियो संरचना र सुदृढ पूर्वतयारीका साथ भन्ने मूल नाराका साथ देशव्यापी रुपमा विविध कार्यकमहरु सञ्चालन गरी भूकम्प सुरक्षा दिवस मनाइएको छ ।
भूकम्प र यसबाट हुने क्षतिको न्यूनीकरणका लागि आज सरकारी र गैरसरकारी स्तरमा जनचेतनाका कार्यक्रम आयोजना गरिएका छन् । भूकम्प सुरक्षा दिवसलाई देशव्यापी रुपमा एक रुपता कायम हुने गरी व्यवस्थित, प्रभावकारी तुल्याउन भूकम्प सुरक्षादिवस मार्गदर्शन २०७१ जारी गरिएको छ ।








