उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने आयोग

माघ ७, २०८२ | काठमाडौं

निर्वाचन आयोगले हिजो उम्मेदवारी दिएका उम्मेदवारको विरोधमा आज उजुरी दिन सकिने जनाएको छ ।

प्रतिनिधिसभा सदस्यको प्रत्यक्ष तर्फ मनोनयन दर्ता गराएका उम्मेदवारको विरोधमा आज उजुरी दिन सकिने भएको हो ।

उजुरीको छानबिनपछि माघ ८ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने आयोगले जनाएको छ ।

आयोगले माघ ९ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारको नाम फिर्ता लिन सक्ने व्यवस्था गरेको छ ।

सोही दिन दिउँसो १ बजेदेखि ३ बजेसम्ममा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी दिउँसो ४ बजेदेखि साँझ ७ बजेसम्ममा उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने छ ।

आयोगका अनुसार स्वतन्त्र सहित ३ हजार ४ सय ८४ जनाको उम्मेदवारी परेको छ ।

त्यसमध्ये महिला उम्मेदवार ३ सय ९५ रहेको निर्वाचन आयोगका सचिव कृष्णबहादुर राउतले जानकारी दिनुभयो ।

मनोनय दर्ता उत्साहजनक र शान्तिपूर्ण रुपमा मनोनयन सम्पन्न भएको भन्दै कार्यबाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन शान्तिपुर्ण हुने विश्वास व्यक्त गर्नुभयो । 


प्रतिक्रिया