सुनको भाउ बढ्यो
माघ ७, २०८२ | काठमाडौं
सुनको भाउ आज एकै दिन तोलामा १० हजार रुपैया भन्दा धेरैले महंगो भएको छ ।
तोलामा १० हजार ४ सय रुपैयाँले सुनको मुल्य बढेको हो ।
यो सँगै एक तोला सुनको मूल्य दुई लाख ९५ हजार १ सय रुपैयाँ पुगेको छ ।
यस्तै चाँदीको मूल्य पनि तोलामा ४० रुपैयाँले बढेर ५ हजार ९ सय २० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
पछिल्लो समय सुनचाँदीको भाउ लगातार उकालो लागिरहेको छ ।











