स्पोर्टिङले पीएसजीलाई हरायो
माघ ७, २०८२ | काठमाडौं
युइएफए च्याम्पियन्स लिगअन्तर्गत भएको खेलमा स्पोर्टिङले पेरिस सेन्ट –जर्मेन (पीएसजी)लाई २–१ गोलले पराजित गरेको छ ।
स्पोर्टिङ पोर्चुगलका लागि लुइस सुवारेजले ७५ औँ मिनेटमा गोल गरे ।
पीएसजीका लागि ख्विचा क्वारात्स्खेलियाले ७९ औँ मिनेटमा एक गोल फर्काएपनि खेल आफ्नो पक्षमा पार्न सकेन ।
खेलको अन्त्यतिर ९० मिनेटमा सुवारेजले पुन गोल गर्दै जित दिलाए ।
पीएसजी १३ अंकसहित तालिकाको पाँचाँै स्थानमा छ । भने समान अंक नै जोडेको स्पोर्टिङ छैटौँ स्थानमा छ ।











