सिरहामा गोली प्रहार गरी एक जनाको हत्या
माघ १६, २०८२ | सिरहा
सिरहामा गोली प्रहार गरी एक जनाको हत्या भएको छ । अज्ञात समूहले गोली प्रहार गर्दा सिरहा सदरमुकामका ४० वर्षीय प्रेमनाथ यादवको हत्या भएको हो ।
सिरहा नगरपालिका–७ मैनावतीमा आज दिउँसो उनीमाथि गोली प्रहार भएको थियो । प्रहरी घटनास्थलमै पुगेर अनुसन्धान गरीरहेको सिरहाका प्रहरी प्रवक्ता डीएसपी रमेशबहादुर पालले बताउनुभयो ।










