सिरहा कारागारबाट बन्दुक र गोली बरामद

माघ २६, २०८२ | सिरहा

सिरहा सदरमुकामस्थित कारागारबाट बन्दुक र गोली बरामद भएको छ । जिल्ला सुरक्षा समितिले आज गरेको अनुगमनका क्रममा कारागारभित्र एक थान बन्दुक र दुई राउन्ड गोली बरामद गरेकोे हो ।

कारागारबाट चुरोट, सुर्तीलगायतका प्रतिबन्धित पदार्थ पनि बरामद गरिएको छ । यसमा संलग्न रहेको आरोपमा नाइके इन्द्रजीत यादवसहित १३ जनालाई कारागारबाट निकालेर प्रहरी हिरासतमा ल्याइएको छ । 

उनीहरुलाई अन्य ठाउँको कारागार पठाउने तयारी भइरहेको सिरहाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिनुभयो । कारागार भित्र प्रहरी प्रशासनकै मिलेमतोमा मदिरादेखि लागू औषधसम्मको कारोबार हुँदै आएको, फोन र चन्दाका नाममा असुली हुँदै आएकोलगायतका अवैध गतिविधि भएको सार्वजनिक भएको थियो । 


प्रतिक्रिया