पात्रो र भित्तेपात्रो प्रकाशनमा सरकारको स्वीकृति लिनुपर्ने
फाल्गुन ४, २०८२ | काठमाडौं
अबदेखि पात्रो र भित्तेपात्रो प्रकाशन तथा वितरण गर्नको लागि पूर्वस्वीकृति लिनुपर्ने भएको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आज काठमाडौंमा पत्रकार सम्मेलन गर्दै पूर्वस्वीकृतिबिना पात्रो तथा क्यालेन्डर प्रकाशन र वितरण गर्न नपाइने जानकारी गराएको हो ।
समितिका कार्यकारी निर्देशक लक्ष्मण पन्थीकाव्यक्ति, संघ–संस्था, प्रकाशक तथा वितरकले पात्रो र भित्तेपात्रो प्रकाशन गर्नुअघि अनिवार्य रूपमा समितिबाट स्वीकृति लिनुपर्ने प्रावधान भएअनुसार सो व्यवस्था गरिएको हो ।
बजारमा आउने कतिपय पात्रो तथा क्यालेन्डरमा तिथि, मिति, सार्वजनिक बिदा लगायतका विवरणमा त्रुटि भेटिँदा सर्वसाधारणमा अन्योल र असुविधा सिर्जना भएको भन्दै त्यसतर्फ समेत सरोकारवालाको ध्यानाकर्षण गराएको उहाँको भनाई छ ।









