झापा गोल्डकप फुटवलको उपाधि मछिन्द्र क्लवलाई
फाल्गुन ४, २०८२ | काठमाडौं
झापा गोल्डकप फुटबल प्रतियोगिताको ७ औं संस्करणको उपाधि मछिन्द्र फुटबल क्लबले जितेको छ । डोमालाल राजवंशी रंगशालामा आज सम्पन्न फाइनल खेलमा सशस्त्र प्रहरीको एपिएफ फुटबल क्लबलाई ३–१ गोल अन्तरले पराजित गर्दै मछिन्द्रले उपाधि माथि कब्जा जमाएको हो ।
मछिन्द्रको जितमा प्रदिप बुढाथोकी, फ्रयाङक अनोह र अलिसन अलिजोनोभले एक/एक गोल गरे । एपीएफका दिपेश धिमालले एक गोल फर्काए । मछिन्द्रले उपाधिसँगै नगद १५ लाख रुपैयाँ प्राप्त गरेको छ ।
उपविजेता एपिएफले भने ७ लाख ५० हजार रुपैयाँमा चित्त बुझायो । माघ २४ गतेदेखि सुरु भएको प्रतियोगितामा १० टोली सहभागी थिए ।









