दाङमा एमालेको झण्डा जलाएको आरोपमा एकजना पक्राउ

फाल्गुन ८, २०८२ | दाङ

दाङको तुलसीपुरमा एमालेको झण्डा जलाएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका–७, कालाखोलाका ५५ बर्षीय बुद्धी बहादुर बस्नेत रहेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी रेशम बोहोराले बताउनुभयो ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबी लामिछानेलाई सुर्खेतबाट दाङ आउने क्रममा हिजो राती स्वागत गर्न तुलसीपुर–५, बिरेन्द्र चोकमा भेला भएकामध्ये केहीले एमालेको चुनाव चिन्ह अंकित झण्डा जलाएको उहाँले जानकारी दिनुभयो । 

यस बिषयमा थप अनुसन्धान गरी झण्डा जलाउने अन्य व्यक्तीको खोजी गरिरहेको बोहोराको भनाई छ । यस्तै समाजमा शान्ति सुरक्षा र सामाजिक सद्भाव खल्बलिने क्रियाकलाप नगर्न प्रहरीले सबैलाई सचेत गराएको छ । 

झण्डा जलाउने कार्यको एमाले लगाएत बिभिन्न राजनीतिक दल र नेताहरुले भत्र्सना गर्दै दोषीलाई कार्वाहीको माग गरेका छन् । झण्डा जलाएको बिरोधमा एमाले निकट युवा संघले आज घोराही र तुलसीपुरमा प्रदर्शन गरेको थियो । प्रदर्शनका क्रममा घोराहीमा प्रहरीसँग झडप पनि भएको थियो ।


प्रतिक्रिया