सशस्त्र प्रहरीका २३ एसएसपी निर्वाचन अनुगमनमा
फाल्गुन १०, २०८२ | काठमाडौं
सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयले निर्वाचन अनुगमनका लागि २३ जना सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षकहरुलाई भोलीदेखि देशभर खटाउने भएको छ ।
उपत्यकाबाट खटिन लागेका अधिकृतहरुलाई प्रधान कार्यालय र प्रदेशस्थित बाहिनी मुख्यालयबाट खटिन लागेका सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षकहरुलाई भर्चुअल माध्यमबाट आज सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले जिम्मेवारी प्रभावकारी रुपमा निर्वाह गर्न निर्देशन दिनुभएको छ ।
अर्यालले निर्वाचनको समयअगावै, निर्वाचनको समय र निर्वाचनपश्चात्को समयमा आउन सक्ने जस्तोसुकै खराब अवस्थाको सामना गरी निर्वाचन सम्पन्न गराउन निर्देशन दिनुभएको हो ।
निर्वाचनको समयमा हुनसक्ने सुरक्षा चुनौतीको सामना गर्न तथा उम्मेदवार, मतदान केन्द्र, मतदाता र व्यालेट बक्सको सुरक्षामा विशेष ध्यान दिन महानिरीक्षक अर्यालले निर्देशन दिनुभएको छ ।









