निर्वाचन निष्पक्ष रुपमा सम्पन्न हुने वातावरण सुनिश्चित गर्न कांग्रेसको माग
फाल्गुन १०, २०८२ | काठमाडौं
नेपाली कांग्रेसले आसन्न निर्वाचन निष्पक्ष रुपमा सम्पन्न हुने वातावरण सुनिश्चित गर्न सरकारसँग माग गरेको छ । ललितपुरको सानेपास्थित पार्टी मुख्यालयमा पत्रकार सम्मेलन गर्दै काँग्रेसले सो माघ अघि सारेको हो ।
पत्रकार सम्मेलनमा कांग्रेस प्रवक्ता देवराज चालिसेले निर्वाचनमा निष्पक्षताका साथ भयरहित वातावरणमा मतदान गर्न पाउने अधिकार सरकारले सुनिश्चित गर्नुपर्ने बताउनुभयो । जनताको मताधिकार गर्ने अधिकार दुरुपयोग गर्ने छुट कसैलाई नभएको कांग्रेसले जनाएको छ ।









