निर्धारित मितिमै निर्वाचन हुनुपर्ने एमाले अध्यक्ष ओलीको भनाई
फाल्गुन १०, २०८२ | काठमाडौं
एमाले अध्यक्ष केपी शर्मा ओलीले राज्यको अर्बौं रूपैयाँ खर्च भइसकेकाले अब निर्धारित समयमै निर्वाचन हुनुपर्ने बताउनुभएको छ ।
चुनाव स्थगित गर्न अझै पनि विभिन्न प्रयासह भइरहेको दाबी गर्दै उहाँले एमाले भने कुनै अलमलमा नपरि चुनाव जित्ने तयारीमा लागिसकेको बताउनुभएको हो ।
झापामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले जस्तोसुकै परिस्थिति आए पनि एमाले निर्वाचनको तयारीबाट पछि नहट्ने बताउनुभयो ।
आफूले देश र जनताको पक्षमा काम गर्दा चौतर्फी प्रहार र घेराबन्दीको निशानामा परेको उहाँको भनाइ थियो ।
ओलीले देशको विकास र राष्ट्रियताको पक्षमा उभिएकै कारण आफूमाथि आक्रमण भइरहेको जिकिर गर्नुभयो ।









