विश्व वरीयतामा त्रिविको सामान्य सुधार

फाल्गुन १४, २०८२ | काठमाडौं

विश्वका प्रतिष्ठित विश्वविद्यालयको वरीयतामा त्रिभुवन विश्वविद्यालयले सामान्य सुधार गरेको छ ।

विश्वविद्यालयले दिएको जानकारी अनुसार टाइम्स हाइअर एजुकेशनको वरीयतामा त्रिवि १ हजार ५ सय वटा विश्वविद्यालयको सूचीभित्र परेको छ ।

सन् २०२६मा त्रिविले २३.५२ प्रतिशत अंक प्राप्त गरेको छ ।

गत वर्ष २३.२ प्रतिशत मात्रै प्राप्त गरेको थियो ।

टाइम्स हाइअर एजुकेशन विश्व विद्यालयको वरीयता निर्धारण गर्दै आएको प्रतिष्ठित संस्था हो ।

यस संस्थाले तोकेको वरीयताको आधारमा विश्वका कुन विश्वविद्यालयको स्तर कस्तो रहेको छ भन्ने जानकारी लिने गरिन्छ ।

यस संस्थाले विश्वविद्यालयको वरीयता निर्धारण गर्दा शिषण, अनुसन्धानको स्तर, अनुसन्धान गर्ने वातावरण र लगानीलगायतलाई आधार मान्ने गर्छ ।

जसमध्ये सबैभन्दा धेरै अंक अनुसन्धानलाई दिने गरिन्छ ।

त्रिविका उपकुलपति प्रा. डा. दीपक अर्यालले त्रिविलाई हाल राखिएको वरीयताभन्दा धेरै माथिल्लो स्तरमा राख्न सकिने प्रशस्तै आधार भए पनि यहांका प्राविधिक समस्याका यस्तो नभएको बताउनुभयो ।


प्रतिक्रिया