दलले बुझाए लेखा परीक्षण प्रतिवेदन

फाल्गुन १४, २०८२ | काठमाडौं

निर्वाचन आयोगमा ९६ राजनीतिक दलले गत आर्थिक वर्षको लेखा परीक्षण प्रतिवेदन बुझाएका छन् ।

आयोगको अभिलेखबमोजिम गत असारसम्म १ सय २२ राजनीतिक दलको दर्ता कायम रहेकामा २६ दलले आर्थिक वर्ष २०८१÷८२ को लेखा परीक्षण प्रतिवेदन बुझाएको र एउटा दलले समयसीमाभित्र लेखा परीक्षण प्रतिवेदन बुझाएको र एउटा दलले समयसीमापछि प्रतिवेदन बुझाएको हो ।

नेपाल विवेकशील पार्टीले समयसीमापछि फागन ८ गते मात्रै प्रतिवेदन बुझायो ।

राजनीतिक दलसम्बन्धी ऐनको दफा ४०ले दलले आर्थिक वर्ष समाप्त भएको ६ महिनाभित्र आफ्नो आयव्ययको लेखा परीक्षण कानुनबमोजिम इजाजत प्राप्त लेखा परीषकबाट लेखा परीक्षण गराई एक महिनाभित्र आयोगमा पेस गर्नुपर्ने व्यवस्था गरेको छ ।

सो व्यवस्थाबमोजिम माघभित्र दलले आ–आफ्नो लेखा परीक्षण प्रतिवेदन आयोगमा बुझाउनुपर्ने हो ।

लेखा परीक्षण, प्रतिवेदन बुझाउनुपर्ने अवधि समाप्त भएको ४५ दिनभित्र आयोगले प्रतिवेदन नबुझाउने दललाई त्यसरी लेखा परीक्षण प्रतिवेदन पेस नगर्नुको कारण खुलाई स्पष्टीकरण पेस गर्न लिखित रुपमा वा विद्युतीय वा अन्य सञ्चार माध्यमबाट ओदश दिन सक्ने कानुनी व्यवस्था छ । 


प्रतिक्रिया