निर्वाचनमा कुनै पनि दलसँग तालमेल हुदैन : संयोजक दाहाल

रेडियो कान्तिपुर संवाददाता

फाल्गुन १४, २०८२ | काठमाडौं

नेपाली कम्युनिष्ट पार्टी संयोजक पुष्पकमल दाहालले आगामी निर्वाचनमा कुनै पनि दलसँग तालमेल नहुने बताउनुभएको छ । काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा दाहालले कसैसँग पनि समीकरण गर्ने पक्षमा नरहेको बताउनुभएको हो ।

एमाले र नेकपासहितका दलहरुबीच केही स्थानमा तालमेल हुन लागेको चर्चा भइरहँदा दाहालको अभिव्यक्ति सार्वजनिक भएको हो । चुनावी तालमेल हुने स्थिति नभएको उहाँको भनाइ छ ।

अर्को प्रसंगमा संयोजक दाहालले जेन जी आन्दोलनबारे छानविन गर्न गठित आयोगको प्रतिवेदन निर्वाचन अघि नै सार्वजनिक हुन नसक्नु दुःखद भएको बताउनुभयो । 


प्रतिक्रिया