निर्वाचन सुरक्षा व्यवस्थापन गर्न प्रधानसेनापति सिग्देलको निर्देशन

रेडियो कान्तिपुर संवाददाता

फाल्गुन १३, २०८२ | काठमाडौं

प्रधानसेनापति अशोकराज सिग्देलले प्रभावकारी रुपमा निर्वाचन सुरक्षा व्यवस्थापन गर्न निर्देशन दिनुभएको छ । कोशी प्रदेशस्थित पूर्वी पृतना र मधेशस्थित मध्यपूर्वी पृतनाको निरीक्षणका क्रममा प्रधानसेनापति सिग्देलले निर्वाचन सुरक्षालाई त्रुटीरहित ढंगबाट निर्वाह गर्न निर्देशन दिनुभएको हो । 

नेपाली सेनाका अनुसारनिरीक्षण भ्रमणको दौरान प्रधानसेनापतिले पृतनाहरूको जिम्मेवारी क्षेत्रमा आसन्न प्रतिनिधिसभा निर्वाचनको सुरक्षा अवस्थाबारे जानकारी लिनुभएको थियो । यसअघि हिजो प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन सुरक्षाबारे चारवटै सुरक्षा निकायका प्रमुखसँग छलफल गर्नुभएको थियो । 


प्रतिक्रिया