चुनावी खर्च बैंक खाता मार्फत नगर्ने दल र उम्मेदवारलाई कारबाही गर्ने

रेडियो कान्तिपुर संवाददाता

फाल्गुन १३, २०८२ | काठमाडौं

निर्वाचन आयोगले चुनावी खर्च बैंक खातामार्फत नगर्ने दल र उम्मेदवारलाई कारबाही गर्ने चेतावनी दिएको छ । बैंक खाता नखोली वा खाता खोलेर पनि बैंकिङ कारोबार नगरी खर्च गर्ने दल वा उम्मेदवारलाई निर्वाचन आचारसंहिता उल्लंघन गरेको आधारमा प्रचलित व्यवस्थाअनुसार कारबाही गरिने आयोगले चेतावनी दिएको हो । 

आयोगका सूचना अधिकारी सुमन घिमिरेले आयोगले बैंक खातामार्फत मात्र खर्च गर्न राजनीतिक दलहरूलाई निर्देशन दिएको जानकारी दिनुभयो । उहाँका अनुसार आज अपरान्हसम्म ९ वटा राजनीतिक दल र १ हजार ३ सय ८९ उम्मेदवारले बैंक खाता सञ्चालनमा ल्याएका छन् । 

खाता सञ्चालन गर्नेमा नेपाली कांग्रेस, राष्ट्रिय जनमोर्चा, नेकपा संयुक्त, नेपाली कम्युनिस्ट पार्टी (नेकपा), नेपालका लागि नेपाली पार्टी, जनता समाजवादी पार्टी (जसपा), संयुक्त नागरिक पार्टी, मितेरी पार्टी र नेपाल जनता संरक्षण पार्टी छन् । एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लगायत दलले भने बैंक खाता सञ्चालनमा ल्याएका छैनन् । 


प्रतिक्रिया