मुख्य निर्वाचन आयुक्त दोलखा पुग्नुभयो
फाल्गुन १५, २०८२ | दोलखा
निर्वाचनमा संवेदनशील मानिएको मतदानस्थलको निरीक्षण गर्न गृहमन्त्री ओमप्रकाश अर्यालसहित कार्यवाहक मुख्य निर्वाचन आयुक्त रामप्रसाद भण्डारी दोलखा पुग्नु भएको छ ।
आज बिहान हेलिकप्टरमार्फत दोलखाको बैत्यश्वर–२ मा गृहमन्त्री अर्याल र आयुक्त निरीक्षणका लागि पुग्नु भएको हो ।
२०७९ को प्रतिनिधिसभा निर्वाचनका क्रममा बुथ कब्जा र हिंसात्मक झडप भएको दोलखाको निर्वाचन सुरक्षा अवस्था बुझ्न गृहमन्त्रीसहित निर्वाचन आयोगका आयुक्त दोलखा जानुभएको हो ।
मतदानका समयमा मतदाता त्रसित बनेर मत हाल्न नपाएको गुनासो आएपछि गृहमन्त्रीसहितको टोली निरीक्षणका लागि दोलखा पुगेको हो ।
गृहमन्त्री अर्यालले शान्तिपूर्ण रूपमा निर्वाचन गराउन सुरक्षाकर्मीलाई निर्देशन दिनु भएको छ ।
साथै मतदानस्थल, मतदाता र मतपेटिकाको सुरक्षा अवस्थाका विषयमा समेत छलफल गर्नु भएको छ ।











