भारतसँग जोडिएका सीमा नाका ७२ घण्टाका लागि बन्द गर्ने निर्णय
फाल्गुन १६, २०८२ | पर्सा
निर्वाचनलाई लक्षित गरी जिल्ला प्रशासन कार्यालय पर्साले भारतसँग जोडिएका सबै सीमा नाका ७२ घण्टाका लागि बन्द गर्ने निर्णय गरेको छ ।
प्रशासनले आज जारी गरेको सूचना अनुसार फागुन १८ गते राति १२ बजेदेखि फागुन २१ गते राति १२ बजेसम्म भारतीय सीमासँग जोडिएका सबै नाका पूर्णरूपमा बन्द गरिने भएको हो ।
निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न तथा शान्ति सुरक्षालाई मध्यनजर गर्दै सो निर्णय गरिएको प्रशासनले जनाएको छ । स्थानीय प्रशासनले सामाजिक सद्भावमा असर पर्ने गतिविधि नगरी होली मनाउन समेत आग्रह गरेको छ ।











