किराँत याक्थुम चुम्लुङले माग्यो उमेदवारसँग प्रतिबद्धता, नो भोटको संकेत
फाल्गुन १६, २०८२ | धनकुटा
आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै किरात याक्थुङ चुम्लुङ, जिल्ला शाखा धनकुटाले दलहरुबाट आफ्ना मागबारे प्रतिबद्धता नभए ‘नो भोट’ अभियान चलाउने चेतावनी दिएको छ ।
आज आयोजित पत्रकार सम्मेलनमा सो संगठनले आफ्ना मुख्य मुद्दामा स्पष्ट धारणा नआए कुनै पनि उम्मेदवारलाई भोट नदिने बताएको हो ।
सो संगठनका जिल्ला अध्यक्ष हेमकुमार लिम्बूले कोशी प्रदेशको नामाकरण र केवलकार निर्माणको बिषयमा उठाएको मुद्धालाई सम्वोधन गर्नुपर्ने बताउनुभयो । ऐतिहासिक, सांस्कृतिक तथा पहिचानसँग जोडिएका विषयमा राजनीतिक दल र उम्मेदवारले स्पष्ट लिखित प्रतिबद्धता जनाउनुपर्ने उहाँको भनाइ छ ।











