पर्सामा आधा उम्मेदवारले बैंक खाता खोलेनन्
फाल्गुन १७, २०८२ | पर्सा
पर्सामा आसन्न प्रतिनिधिसभा निर्वाचनमा जिल्लाबाट कूल १ सय ७ उम्मेदवार रहेकोमा ती मध्ये आधाले बैंक खाता खोल्ने अग्रसरता देखाएका छैनन् ।
जिल्ला निर्वाचन कार्यालय पर्साले आज वीरगन्जमा आयोजना गरेको ‘निर्वाचन र आमसन्चार’ बिषयक अन्तरक्रिया कार्यक्रममा जिल्ला निर्वाचन कार्यालय पर्साका प्रमुख अनामिका रौनियारले सो जानकारी दिनुभयो ।
उहाँले एक सय ७ उम्मेदवार मध्ये ४५ ले मात्र र्बैंकमा खाता खोल्न कार्यालयबाट सिफारिश लगेको बताउनुभयो । पर्सामा अस्थायी मतदाताको संख्या एक हजार ९० रहेको उहाँको भनाई छ ।
जिल्लामा सरकारी कर्मचारी तथा कारागारका कैदीबन्दी, सुरक्षा निकाय लगायतका एक हजार ९० जना अस्थायी मतदाताले प्रतिनधिसभाको समानुपातिकतर्फको मतदान गर्न पाउने छन् ।









