साताव्यापी सार्वजनिक बिदा सुरु

फाल्गुन १८, २०८२ | काठमाडौं

आजदेखि साताव्यापी सार्वजनिक बिदा सुरु भएको छ ।

सरकारले आज र भोलि होलीको सार्वजनिक बिदा दिएको छ । त्यसपछि पर्सीबाट अर्थात् फागुन २०, २१ र २२ गते निर्वाचन बिदा दिइएको छ ।

२३ गते शनिबार र २४ गते अन्तर्राष्ट्रिय महिला दिवस परेकोले साताव्यापी सार्वजनिक बिदाको अवसर जुटेको हो ।

साताव्यापी सार्वजनिक बिदा भएसँगै निर्वाचनको लागि गाउँ फर्कनेहरू बढेका छन् ।

काठमाडौँ उपत्यकाका मुख्य नाका तथा बसपार्कहरूमा यात्रुको भिड लाग्न थालेको छ ।


प्रतिक्रिया