कांग्रेसको सभा सुरु

फाल्गुन १७, २०८२ | काठमाडौं

नेपाली कांग्रेसको काठमाडौंकेन्द्रित चुनावी सभा सुरु भएको छ ।

कांग्रेस सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्माले सम्बोधन गर्ने सभा कीर्तिपुरबाट सुरु भएको हो ।

कीर्तिपुरबाट सुरु भएको सभा भक्तपुर ठिमी, पेप्सीकोला, बालाजु चोक, सामाखुसी चोक र बालुवाखानीमा हुने तय भएको छ ।

कांग्रेसले जनकपुर, सुर्खेत, पोखरा, धनगढीलगायत क्षेत्रमा सभा सकेपछि संघीय राजधानी केन्द्रित भएको हो । सभामा सभापति थापासहित विभिन्न नेताहरुले सम्बोभन गर्नेछन् ।

उता, चुनावी प्रचार प्रसारलाई तिब्रता दिदै आएको राष्ट्रिय स्वतन्त्र पार्टीले आज झापाका विभिन्न क्षेत्रमा रोड सो को आयोजना गरेको छ ।

रास्वपाले वरिष्ठ नेता बालेन्द्र साहको नेतृत्वमा झापाका चारवटा निर्वाचन क्षेत्रलाई समेट्ने गरी कार्यक्रम सुरु गरेको हो । रोड सो भद्रपुरबाट सुरु हुने छ ।

रोड सो मार्फत झापाका क्षेत्र नम्बर १, २, ३ र ४ मा रास्वपाले चुनावी प्रचार गर्ने जनाएको छ ।

यसअघि रास्वपाले हिजो काठमाडौं उपत्यकामा रोड शो गरेको थियो । 


प्रतिक्रिया