सिरहा ३ मा रास्वपाका शम्भु यादव विजयी
फाल्गुन २४, २०८२ | काठमाडौं
सिरहा - ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट शम्भु यादव प्रतिनिधि सभा सदस्य निर्वाचित हुनुभएको छ । यादव ३२ हजार २ सय ४९ मत प्राप्त गरी विजयी प्राप्त गर्नुभयो । उहाँका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका लिलानाथ श्रेष्ठले १० हजार १ सय ५६ मत प्राप्त गर्नुभयो ।
यस्तै, नेपाली कम्युनिस्ट पार्टीका विश्वनाथ साहले ९ हजार ९ सय ४२ मत प्राप्त गर्दा नेपाली कांग्रेसका शुभाषचन्द्र यादवले ९ हजार ८ सय ७९ मत प्राप्त गर्नुभयो ।












