ओखलढुंगामा पूर्वडीआईजी पोखरेल ५ मतान्तरले विजयी

रेडियो कान्तिपुर संवाददाता

फाल्गुन २४, २०८२ | काठमाडौं

ओखलढुंगामा पूर्वडीआईजी विश्वराज पोखरेलले ५ मतको अन्तरले जित्नुभएको छ । रास्वपाका उम्मेदवार पोखरेलले कांग्रेसका कुमार लुइँटेललाई पराजित गर्नुभएको हो । 

पोखरेलले १३ हजार ९ सय ५३ मत ल्याउँदा लुइँटेलले १३ हजार ९ सय ४८ मत प्राप्त गर्नुभएको छ । त्यस्तै नेकपाका अम्विरबाबु गुरुङले ११ हजार २ सय ९६ मत प्राप्त गर्नुभयो ।

 त्यस्तै एमालेकी अस्मिता थापाले १० हजार ७ सय २० मत ल्याउँदा श्रम संस्कृति पार्टीका उद्धवकुमार राईले ३ हजार ८ सय ५८ मत प्राप्त गर्नुभयो । रास्वपाकी किशोरी कार्कीले ९६५ मत प्राप्त गर्नुभयो । 


प्रतिक्रिया