पर्साको ठोरीमा हात्ती र बाघको आतंक, स्थानीय त्रसित
फाल्गुन २७, २०८२ | पर्सा
पर्साको ठोरी गाउँपालिकामा पछिल्लो समय जंगली हात्ती र बाघको आतंक बढ्दै गएको छ । मानव बस्ती नजिकै वन्यजन्तुको आवागमन बढेपछि स्थानीयवासी त्रासमा बस्न बाध्य भएका छन् ।
गाउँपालिका–२ हनुमाननगर आसपासको क्षेत्रमा पछिल्ला केही दिनयता एउटा जंगली हात्ती नियमित रूपमा देखिन थालेको स्थानीयले बताएका छन् । प्रायः रातको समयमा चितवन राष्ट्रिय निकुञ्ज तर्फको जंगलबाट निस्किएर मानव बस्ती नजिकसम्म आउने गरेको सो हात्तीका कारण स्थानीयमा डरको वातावरण सिर्जना भएको हो ।










