खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकामा ३ दिनदेखि विद्युत अवरुद्ध

चैत्र ४, २०८२ | खोटाङ

खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकामा ३ दिनदेखि विद्युत अबरुद्ध भएको छ । गत चैत २ गतेको हावाहुरीले अबरुद्ध विद्युत नबन्दा ३ दिनदेखि अन्धकारमा बस्नु पर्ने वाध्यता आएको हो । 

दिप्रुङ चुइमुम्मा गाउँपालिकाका प्रवक्ता तथा सो गाउँपालिका–३ छोरम्बुका वडाअध्यक्ष भूपेन्द्र बस्नेतका अनुसार वडा न–१ याम्खा, २ डाडाँगाउँ, ३ छोरम्बु, ४ बतासे, ५ सप्तेश्वर छितापोखरी, ६ छितापोखरी र ७ टेम्मा गरी करिब ३१ सय घरधुरीले अध्यारोमा बस्नु पर्ने वाध्यता आइपरेको छ । 

रेग्मीटार देखि दिप्रुङ चुइचुम्मासम्मको विद्युतको मेन लाइन तथा गाउँपालिकाभित्रका शाखा लाइनहरूमा पनि हावाले क्षति पु¥याएको बस्नेतले जनाकारी दिनुभयो । 

सो क्षेत्रका विभिन्न ठाउँमा रूख ढलेर तार चुडाएकाले मर्मत भइरहेको र सो क्षेत्रमा भोलिसम्ममा काम सकेर विद्युत चालु गर्ने नेपाल विद्युत प्राधिकरण दिक्तेल वितरण केन्द्रका प्राविधिक प्रमुख रामकुमार श्रेष्ठले बताउनुभयो । 


प्रतिक्रिया