प्रधानमन्त्री कार्कीद्वारा जानकी मन्दिरमा पूजापाठ

चैत्र ६, २०८२ | जनकपुर

प्रधानमन्त्री सुशीला कार्कीले आज जनकपुर पुगेर प्रसिद्ध जानकी मन्दिरको पूजापाठ गर्नुभएको छ । सुर्खेतबाट हेलिकप्टरमा सीधै जनकपुर पुग्नु भएकाी प्रधानमन्त्री कार्कीले जानकी मन्दिरमा विशेष पूजापाठ गर्नुभएको हो ।

 धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद लुईटेलले जनकपुरको जानकी मन्दिरको पूजापाठ गरेपछि प्रधानमन्त्री कार्की महोत्तरीको गौशाला जाने कार्यक्रम रहेको बताउनुभयो । त्यहाँबाट उहाँ काठमाडौं फर्कने कार्यक्रम रहेको हाम्रा सहकर्मीले जनाएका छन् । 


प्रतिक्रिया