धनकुटामा जिल्ला अस्पतालको स्वामित्व हस्तान्तरण विषयमा विवाद

चैत्र ७, २०८२ | धनकुटा

धनकुटामा शिक्षण अस्पताल सञ्चालनका लागि जिल्ला अस्पतालको स्वामित्व हस्तान्तरण गर्ने वा नगर्ने विषय विवादित बनेको छ। आज आयोजित सर्वपक्षीय छलफल काकर्यक्रममा सो विषयमा तीव्र मतभेद देखिएको हो।

कोशी प्रदेश सरकार मातहत रहेको धनकुटा जिल्ला अस्पताललाई मनमोहन प्राविधिकविश्वविद्यालयको स्वामित्वमा दिने प्रस्ताव माथि छलफल हुँदा सहभागीहरूबीच मतबाझिएको हो। 

मनमोहन प्राविधिक विश्वविद्यालयले चासो देखाउँदैशिक्षण अस्पताल सञ्चालनका लागि जिल्ला अस्पताल आफ्नो मातहतमा हुनुपर्ने अडानराखेको छ।

विश्वविद्यालयका उपकुलपति सुभाषश्री पोख्रेलले शिक्षण अस्पताल सञ्चालनका लागिकम्तीमा ३ सय रोपनी जग्गा, ६ देखि ८ अर्ब रुपैयाँ बजेट तथा पूर्वाधार विकासकालागि प्रदेश सरकारको लगानी आवश्यक पर्ने बताउनुभएको छ । 


प्रतिक्रिया