रवि–राँके–भेडेटार सडक पहिरोले अवरुद्ध, ट्रक बीचमै फस्यो

चैत्र ७, २०८२ | धनकुटा

धनकुटाको साँगुरीगढी गाउँपालिका–६ थुम्कीस्थित निर्माणाधीन रवि–राँके–भेडेटार सडक खण्डमा पहिरो खस्दा सडक पूर्णरूपमा अवरुद्ध भएको छ । आज अपराह्न करिब ४ः३० बजे अविरल वर्षापछि सडक माथिबाट पहिरो खस्दा बाटो दुबै तर्फबाट बन्द भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । 

भेडेटारबाट डाँडाबजार तर्फ जाँदै गरेका मिनी ट्रक पहिरोको बीच भागमा फसेको हाम्रा सहकर्मीले जनाएका छन् । प्रहरीका अनुसार चालक सकुशल रहेका छन् । घटनास्थलमा इलाका प्रहरी कार्यालय भेडेटारबाट प्रहरी टोली खटिएको छ । 

पहिरो हटाउँदै ट्रक निकाल्ने प्रयास जारी रहेको प्रहरीले जनाएको छ । यस्तै निरन्तर पहिरो खसिरहेकाले सो सडक खण्डमा यात्रा नगर्न तथा उच्च सतर्कता अपनाउन स्थानीय प्रशासनले सर्वसाधारणलाई आग्रह गरेको छ ।


प्रतिक्रिया