धनकुटाम पहिरोले अवरुद्ध सडक सुचारु

चैत्र ८, २०८२ | धनकुटा

धनकुटाको साँगुरीगढी गाउँपालिका–६ थुम्कीस्थित निर्माणाधीन रवि–राँके–भेडेटार सडक खण्डमा पहिरो खस्दा अवरुद्ध भएको सडक पुनः सुचारु गरिएको छ । 

हिजो अपराह्न करिब ४ः३० बजे अविरल वर्षापछि सडक माथिबाट पहिरो खस्दा सो सडक दुबै तर्फबाट पूर्णरूपमा अवरुद्ध भएको थियो ।यद्यपि, सो क्षेत्रमा अझै पनि पहिरो खस्ने क्रम जारी रहेकाले सो सडक खण्डमा यात्रा गर्दा उच्च सतर्कता अपनाउन स्थानीय प्रशासनले सर्वसाधारणलाई आग्रह गरेको छ ।


प्रतिक्रिया