अमेरिकाको चेतावनी पछि विभिन्न देशको सेयर बजारमा गिरावट
चैत्र ९, २०८२ | काठमाडौं
हर्मुज जलमार्गको विषयलाई लिएर अमेरिकाले दिएको चेतावनी पछि ठूला अर्थतन्त्र भएका देशको सेयर बजारमा गिरावट आएको छ । विश्वका लागि आवश्यक पर्ने २० प्रतिशत इन्धन आपूर्ती हुने सो क्षेत्रमा इरानले अवरोध गरिरहँदा अमेरिकाले तत्काल जलमार्ग सञ्चाल नगर्ने चेतावनी दिएपछि बजार गिरावट भएको हो ।
दक्षिण कोरियाको प्रमुख सेयर सूचकांक कोस्पी ६ दशमलव ५ प्रतिशतले घटेको छ भने जापानको निक्केईको मुल्य २ सय २५ सूचकांकले घेटेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । यस्तै युरोपेली बजारमा पनि अमेरिका र इरानबीच जारी तनावको प्रभावले सेयर बजारमा गिरावट आएको छ ।
यसैबीच तेहरानले भने आफ्नो क्षेत्रमा रहेको जलमार्ग पूर्ण रुपमा बन्द गर्ने तथा ऊर्जा र पानी सम्बन्धी पूर्वाधारमा प्रतिकारात्मक आक्रमण गर्ने चेतावनी दिएको छ । तनाबकाबीच सो क्षेत्रमा चिनियाँ, भारतीय र पाकिस्तानी झण्डावाहक जहाजहरुसीमितरुपमा सञ्चालनमा रहेको समाचारमा जनाइएको छ ।








