अमेरिकाको न्युयोर्कमा विमान दुर्घटना हुँदा २ जना पाइलटको मृत्यु

रेडियो कान्तिपुर संवाददाता

चैत्र ९, २०८२ | काठमाडौं

अमेरिकाको न्युयोर्कस्थित ला गार्डिया विमानस्थलमा एयर क्यानडाको विमान दुर्घटना हुँदा २ जना पाइलटको मृत्यु भएको छ । क्यानडाको मोन्ट्रियलबाट गएको सो विमान अवतरण भइसकेको अवस्थामा विमानस्थल परिसरमा रहेको दमकलसँग ठोक्किएर दुर्घटना भएको हो । 

७२ जना यात्रु रहेको सो विमानमा ४ जना चालक दलका सदस्य रहेको बताइएको छ । दुर्घटनापछि ४१ जना यात्रु तथा चालक दलका सदस्यलाई उपचारका लागि अस्पताल लगिएको बीबीसीले जनाएको छ ।

दुर्घटनामा घाइते भएको ९ जनाको अवस्था गम्भीर रहेको समाचारमा जनाइएको छ। अमेरिकाको व्यस्त विमानस्थलमध्ये एक मानिने सो विमानस्थलमा भएको दुर्घटनापछि विमान उडान तथा अवतरण प्रक्रिया प्रभावित भएको जनाइएको छ ।  


प्रतिक्रिया