बर्दिया निकुञ्जमा शव फेला
चैत्र ९, २०८२ | बर्दिया
गत फागुन २३ गतेदेखि बर्दिया राष्ट्रिय निकुञ्जमा शिकार खेल्न गएका आशंकामा सुर्खेतका ६ जना सम्पर्कविहीन मध्ये एक जनाको आज शव फेला परेको छ । निकुञ्जको बबई उपत्याकको रातामाटे क्षेत्रमा मृत अवस्था एक जनाको शव फेला परेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय, सुर्खेतका एसपी सुधिर राज शाहीले सुर्खेत बराहताल गाउँपालिका–६ का ३३ वर्षिय टोप बहादुर खत्रीको शव फेला परेको बताउनुभयो । उनि संग गएका ५ जना बर्दियाको बाटो हुदै भारत तर्फ फरार भएको उहाँको भनाई छ ।
बर्दिया निकुञ्जमा सुरक्षार्थ तैनाथ नेपाली सेना,नेपाल प्रहरी र निकुञ्जका कर्मचारी सहितको टोली करिब दुई सातादेखि खोजी गरेका थिए । यस्तै निकुञ्जका सूचना अधिकारी सरोजमणी पौडेलले खत्रीको शव नजिकै एक थान बन्दुक फेला परेको बताउनुभएको छ ।
दुर्गम र फोन नलाग्ने ठाउ भएको विस्तृत जानकारी नपाएको उहाँको भनाई छ ।








