सेतो मत्स्येन्द्रनाथको रथयात्राका लागि महानगरले २० लाख दिने
चैत्र ९, २०८२ | काठमाडौं
यस वर्षको सेतो मत्स्येन्द्रनाथको रथयात्रा जात्रा सञ्चालनका लागिकाठमाडौँ महानगरपालिकाले सहयोग रकम बढाएको छ । महानगरको आज बसेको बैठकमाकार्यवाहक प्रमुख सुनिता डंगोललेजात्रा सञ्चालनका लागि दिँदै आएको सहयोग रकम १० लाखबाट २० लाख पु¥याइएको जानकारी दिनुभयो ।
बैठकमा रथयात्रा मार्ग व्यवस्थापन, धार्मिक, सांस्कृतिक तथा सामाजिक कामको समन्वय, शान्तिसुरक्षा गरिमालगायत विषयमा सम्बन्ध भएका निकायसँग छलफल भएको छ । जात्रा महानगरका ९ वडामा सञ्चालन हुनेछ । चुस्त सुरक्षाका लागि जिल्ला प्रशासन कार्यालयले सुरक्षा संयन्त्र परिचालन गर्ने काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले बताउनुभयो ।
जात्रा सञ्चालन हुने मार्गहरूको मर्मतसम्भार तथा सुधार, सरसफाइसहित व्यवस्थापनको काम महानगरले गर्नेछ । सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान संगतले जात्रा अवलोकनका लागि सहज वातावरण बनाउन आग्रह गर्नुभयो ।








